भैरहवाबाट काठमाडौँ आउँदै गरेको श्री एयरलाइन्सको जहाज फर्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2023 | 10:33:00 AM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवाबाट काठमाडौँ आउँदै गरेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ । श्री एयरको उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिटे जहाज बीच बाटोबाटै भैरहवा फर्किएको हो ।

भैरहवाबाट बिहाद ७ः५५ मा उड्नुपर्ने जहाज ९ः४० बजे उडेको थियो । तर, आकाशमा २० मिनेट उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको हो । 

चालक दलका सदस्यले इन्डिकेटरले खराबी देखाएपछि फर्किएको बताएका छन् । तर, समस्या पत्ता लागिसकेको छैन ।

जहाज भैरहवा विमानस्थलको रनवेमै रहेकाले अरु उडान अवतरण प्रभावित भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved