जहाज खरीद कार्य सम्पन्न गर्न निगमले बनायो ९ सदस्यीय उपसमिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2023 | 01:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलायन्सले जहाज खरीद कार्य सम्पन्न गर्नको लागि  नौ सदस्यीय उपसमिति गठन गरेको छ ।   निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा वैशाख २६ गतेको बसेको संचालक समितिको बैठकले निगम संचालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ ।

निगमका अनुसार उक्त उपसमितिले २१ कार्यदिन भित्र प्रतिवेदन वुझाउने गरी कार्य समेत सुरु गरिसकेको छ । नेपालको प्रादेशिक ( अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका एयरपोर्ट (Trunk Route) मा उडान भर्न सक्ने दुई वटा जहाज खरीद गर्ने कार्य योजना अघि वढाउन निगम व्यवस्थापनको उप समितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको छ । 

निगमले भनेको छ 'शहरी क्षेत्रका एयरपोर्ट (Trunk Route) मा चल्ने जहाज नभएको कारण निगमले हाल शहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन । निगमले दुई वटा जहाज खरीद गरेपश्चात काठमाडौ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत नेपालका शहरी क्षेत्रबाट प्रादेशिक उडान भरी अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने छ ।'

निगमले यी जहाजहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रुपले खरीद गरिने जनाएको छ। जहाज खरीद पश्चात् अन्तर्देशीय पर्यटन प्रबर्द्धन हुने, निगमको उपस्थितिले वजार सन्तुलित भई हवाई भाडा दर केहि हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास रहेको निगमले उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved