बुद्धले एटीआर–७२ जहाजबाट तुम्लिङटार उडान थाल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 01:04:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले आजबाट एटीआर–७२ जहाजबाट संखुवासभाको तुम्लिङटार विमानस्थलमा नियमित उडान सुरु गरेको छ । यसअघि उक्त विमानस्थलमा एटीआर–४२ जहाजबाट नियमित उडान गर्दै बुद्धले आजदेखि एटीआर–७२ जहाजबाट उडान सुरु गरेको हो । 

यसअघि ४० सिट क्षमताको जहाज उडाइरहेकोमा अब ७० सिट क्षमताको जहाजमार्फत दैनिक उडान सुरु गरिएको बुद्धले जनाएको छ । 

‘एटीआर–७२ जहाज उडानका लागि गत वर्ष नै परीक्षण उडान सफल गरेका थियौँ, त्यसपछि प्राधिकरणबाट एटीआर–७२ जहाज उडाउन अनुमति पाएपछि आजबाट नियमित उडान सुरु गरेका हौँ’ बुद्ध एयरका मिडिया सेन्टरका एक अधिकारीले भने ।

बिमानस्थलको स्तरोन्नति भएसँगै तुम्लिङटार विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ जहाजबाट उडान सम्भव भएको हो । अब एटीआर–७२ जहाजमार्फत बुद्धले दैनिक रुपमा काठमाडौँ–तुम्लिङटार उडान गर्ने नागरिक उड्डयनको कार्यालय तुम्लिङटारले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved