सिम्रिकमाथिको उडान प्रतिबन्ध हट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2023 | 05:09:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सिम्रिक एयर हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध हटाएको छ । ४३ लाख बक्यौता रमक नतिरेको भन्दै अनिश्चितकालीन उडान प्रतिबन्ध लगाएको क्यानले प्रतिबन्ध फुकुवा गरेको हो ।

सिम्रिकले बक्यौता रकम तिरेपछि उडानमा लगाइएको प्रतिबन्ध हटाइएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । 

सिम्रिकले गत आर्थिक वर्ष २०७९/०८० को बक्यौताबापत ४३ लाख ४६ हजार तिर्न बाँकी रहेकोमा सो रकम बुझाएपछि आजबाट लागू हुने गरी उडान प्रतिबन्ध हटाइएको उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved