फेरि काठमाडौँ उडान सुरु गर्दै थाई एयरवेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2023 | 08:00:07 PM मा प्रकाशित

laxmi  sunrise bank

थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनलले पुन: काठमाडौं उडान सुरु गर्ने भएको छ। कम्पनीले  विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि उडान रोकेकोमा आगामी नोभेम्बरदेखि पुन: उडान सुरु गर्ने भएको हो ।

कम्पनीले  एयरलाइन जि. एस. ए.— एजेन्सी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको बजारको लागि आफ्नो जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ । कम्पनीका अनुसार उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू भएको छ ।

सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिब र विमानस्थल स्थित सेवाहरू उपलब्ध गराउने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved