भैरहवाबाट यात्रुलाई काठमाडौँ ल्याएर हङकङ र दिल्ली उडाउँदै नेपाल एयरलाइन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2023 | 03:00:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्ली उडान गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले हङकङ र दिल्ली उडान गर्ने भएको हो । 

निगमले हरेक मंगलबार भैरहवा–हङकङ र भैरहवा–दिल्ली उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सले भैरहवाबाट काठमाडौँमा यात्रु ल्याएर यहाँबाट गन्तव्य मुलुकमा उडान गर्न लागेको हो । यस अन्तर्गत पहिलो उडानका क्रममा नेपाल एयरलाइन्स मंगलबार बिहान ८ः३० बजे भैरहवाबाट यात्रु लिएर काठमाडौँ आउनेछ । निगमको जहाजले भैरहवाबाट ल्याएका यात्रु काठमाडौँ आएपछि आफ्नो गन्तव्य अनुसार हङकङ जाने भए हङकङ जाने फ्लाइटमा चढ्नेछन् भने दिल्ली जाने यात्रु दिल्ली जाने जहाजमा चढ्नेछन् ।

अहिले निगमले काठमाडौँ–मलेसिया–भैरहवा रुट बनाएर उडान गरिरहेको छ । निगमको न्यारोबडी जहाज सोमबार काठमाडौँबाट मलेसिया जानेछ, उक्त जहाज मंगलबार मलेसियाबाट भैरहवा आउनेछ । अनि, भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रु बोकेर सो जहाज काठमाडौँ आउनेछ । यसरी रुट तय गरिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

पौडेलका अनुसार भैरहवा–हङकङ र भैरहवा–दिल्ली उडानको लागि टिकट खुला भइसकेको छ । सोमबारबाट यो रुटको उडानको लागि टिकट बुकिङ गर्न सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved