भुटानबाट पोखरा आउने भयो ड्रुक एयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2023 | 05:40:09 PM मा प्रकाशित

laxmi  sunrise bank

भुटानको ड्रुक एयरले पोखरामा उडान गर्ने भएको छ । ड्रुक एयरले भुटानको पारो अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको हो । 

ड्रुकको जहाज ९ सेप्टेम्बर (भदौ २३) मा पारोबाट पोखरा आउने छ । भुटानबाट पोखरामा हुने यो उडान चार्टर्ड उडान हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पोखरा आएपछि पोखराबाटै उक्त न्यारोबडी जहाज भुटान फर्किनेछ । 

चार्टर्ड उडान सफल भए नियमित उडानसमेत गर्ने तयारीमा ड्रुक एयर देखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved