विमान कम्पनीका सञ्चालकलाई ९ बुँदे नयाँ नियम, मालिकलाई बोल्न कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2023 | 05:27:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एयर अपरेटर्स सर्टिफिकेट रिक्वायरमेन्ट’ (एओसीआर) संशोधन गरेको छ । १०औँ पटक संशोधन भएको ९ बुँदे एओसीआर अनुसार एयरलाइन्स कम्पनीहरुको मर्जरलाई क्यानले स्वीकार्य हुने जनाएको छ भने वायुसेवा कम्पनीका मालिकहरुलाई बोल्न कडाई गरेको छ ।

नयाँ नियम अनुसार वायु सेवा कम्पनीहरुले आगामी ५ वर्षभित्र जहाजको संख्या ५ पुर्याउनुपर्नेछ । त्यस्तै, वायुसेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग ३ वटा जहाज हुनैपर्नेछ ।

कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक, एकाउण्टेवल म्यानेजर तथा पद बाहक कर्मचारीहरुले प्राधिकरणको नीति विपरितका धारणा सार्वजनिक गर्न नपाउने भन्दै कडाई गरिएको छ । कम्पनीसँग स्वार्थ बाँझिने खालको व्यवसाय पनि गर्न बन्देज लगाइएको छ ।

पाइलटले उडान बाहेक अन्य व्यवसायिक गतिविधिमा संलग्न हुन नपाइने भएको छ । त्यस्तै, नयाँ नियम अनुसार क्यानको स्वीकृति बिना कुनै पनि एयरलाइन्स कम्पनीले एकाउण्टेवल म्यानेजर तथा ‘पोष्ट होल्डर’ नियुक्त गर्न पाउने छैनन् ।

हेर्नुस् नयाँ नियम :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved