३ महिनापछि पुनः सुरु भयो काठमाडौँ–सुकेटार उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2023 | 12:05:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले करिब तीन महिनापछि काठमाडौं–सुकेटार उडान पुनः सुरु गरेको छ।

निगमका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीका अनुसार सोमबारदेखि नियमित उडान सुरु भएको हो। उनका अनुसार अब पहिलेकै तालिकाअनुसार सातामा सोमबार, बिहीबार र शनिबार नियमित उडान हुनेछ।

खराब मौसमलगायत कारण उडान गत जेठ २४ देखि बन्द थियो। मौसममा सुधार आएसँगै उडान सुरु गरेको निगमले जनाएको छ। सोमबारको उडानमार्फत काठमाडौंबाट ६ यात्रु ताप्लेजुङ गएका छन्। उताबाट भने निगमको विमान जम्मा १ यात्रु लिएर फर्किएको छ।

निगमले भाडा दर घटाए पनि यात्रु नपाएको हो। काठमाडौं–सुकेटार भाडा यसअघि ९ हजार ६५३ रुपैयाँ रहेकामा अहिले ८ हजार ६०० रुपैयाँ कायम गरिएको छ। यस्तै सुकेटार( काठमाडौँको भाडा यसअघि ९ हजार ४५३ रहेकामा अहिले ८ हजार ४०० रुपैयाँमा झारिएको छ।

मौसममा आएको सुधारका साथै चाडबाड नजिकिएकाले यात्रु बढ्ने निगमको विश्वास छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved