दशैँ नजिकिएसँगै बढ्यो जहाजको टिकट बुकिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 02:17:08 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ नजिकिएसँगै हवाई उडानको टिकट बुकिङ पनि बढेको छ । साथै, नेपालमा घुमफिरको सिजन पनि सुरु हुन लागेकाले यात्रु संख्या बढ्ने भएपछि एयरलाइन्स कम्पनीहरु उडान संख्या थप गर्ने तयारीमा जुटेका छन् । कतिपय एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणमा उडान थप्ने प्रक्रियागत थालनी पनि गरिसकेका छन् ।

उडान थप गर्न प्राधिकरणले अनुमति दिनुपर्ने भएकाले अधिकांश अन्तराष्ट्रिय उडान गर्ने कम्पनीहरु उडान थपको तयारीका लागि प्राधिकरण पुग्न थालेका छन् । अहिले नै यात्रु अकुपेन्सी ८० देखि ९० प्रतिशतसम्म पुगेकाले उडान थप गर्ने तयारीमा एयरलाइन्स कम्पनीहरु देखिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर इण्डिया, जजिरा एयर, फ्लाई दुबई, एयर अरेबिया, भिस्तारा एयर, एयर इण्डिगो, कतार एयरलाइन्स, सिंगापुर एयर, मलेसियन एयरलाइन्स, कोरियन एयर, लगायतका कम्पनीले उडान थप्न चाहेका छन् । अधिकांश एयरलाइन्स कम्पनीले अक्टुबरबाट उडान थप्ने देखिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अधिकारीहरु बताउँछन् ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार अहिले खाडीका देशबाट हुने उडानमा यात्रु संख्या निकै बढेको छ । यो क्रम तिहारसम्म रहने अनुमान गरिन्छ । खाडीका देशहरु नेपाली श्रमिकहरुका प्रमुख रोजगार गन्तव्य मुलुक भएकाले ति देशबाट नेपालमा उडान गर्ने वायुसेवा प्रदायक कम्पनीहरुले दशैँ र तिहारसम्मका लागि उडान संख्या बढाउने तयारी सुरु गरेका हुन् ।

सँगै, विदेशी पर्यटक भित्रिने सिजन पनि नजिकिएकाले यात्रुको चाप बढ्दो क्रममा छ । सेप्टेम्बरबाटै पर्यटकीय सिजन सुरु हुने भएपनि अक्टुबार र नोभेम्बर महिनामा नेपालमा विदेशी पर्यटक बढ्छन् । त्यहीँ भएर एयरलाइन्सहरुले उडान संख्या थप्ने सम्बन्धमा अहिले तयारी अघि बढाएका छन् । कति संख्यामा उडान थप गर्ने हो, त्यो यकिन भएपछि एयरलाइन्स कम्पनीहरुले उडान थप गर्न क्यानबाट अनुमति लिनुपर्ने हुन्छ । 

हाल नेपालमा विभिन्न देशबाट दैनिक सयको संख्यामा उडान हुँदै आएकोमा अब उडान संख्या थप हुने भएपछि यो संख्या करिब ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved