निजी क्षेत्रका पदाधिकारीले निगमको जहाज मात्र चढ्ने, भाडामा १५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 09:22:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम र निजी क्षेत्रका राष्ट्रिय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले निजी क्षेत्रका संस्थासँग सहकार्य गरी द्विपक्षीय लाभ हासिल गर्ने उद्देश्यले सम्झौता गरेको जनाएको छ । 

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको अध्यक्षता तथा सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र राष्ट्रिय व्यवसायिक पहल (नेशनल बिजनेस इनिसिएटिभ) गरी चारवटा संस्थाहरुसंग सम्झौता भएको हो ।

सम्झौता अनुसार ति संस्थामा आवद्ध पदाधिकारी, सदस्यहरु, कर्मचारी र तिनका परिवारले यात्रा गर्दा निगमको जहाजबाट यात्रा गर्ने, उक्त संस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा निगमको प्रवर्धन गर्नुपर्ने र निगमले भाडादरमा १५ प्रतिशत छुट दिने व्यवस्था भएको छ ।

सम्झौता पत्रमा निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारीले हस्ताक्षर गरेका छन् भने नेपाल उद्योग बाणिज्य महासंघका तर्फबाट NYEF का प्रथम उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, नेपाल उद्योग परिसंघका तर्फबाट युवा उद्यमी मञ्च (CNIYEF) कोशी प्रदेशका अनमोल प्रधान, नेपाल च्याम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल र राष्ट्रिय व्यवसायिक पहल (नेशनल बिजनेस इनिसिएटिभ) का तर्फबाट अध्यक्ष कुशकुमार जोशीले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved