दशैँले महँगियो हवाई उडान, कहाँ पुग्न कति लाग्छ भाडा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 12:38:10 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ तथा तिहार नजिकिएपछि आन्तरिक हवाई उडानको टिकट करिब करिब शत् प्रतिशत बुकिङ भएको छ । एयरलाइन्स कम्पनीहरुका अनुसार ९५ प्रतिशत भन्दा माथि सिटहरु बुक भइसकेका छन् । अब टिकट बुकिङ गर्न सक्ने क्षमतामा एयरलाइन्स कम्पनीहरु छैनन् ।

त्यसो त, हवाई भाडा पनि महँगिएको छ । तत्काल टिकट चाहिँदा र धेरै दिन पछिको टिकट अहिल्यै बुकिङ गर्दा भाडादर फरक फरक हुने एयरलाइन्स कम्पनीहरुले बताएका छन् । अहिले चाप धेरै पर्दा टिकट माग बढ्दै गएको र उपलब्ध सिट संख्या कम हुँदै गएकाले माग र आपुर्तिका आधारमा भाडादर पनि सोही अनुसार तय हुने टिकेटिङको व्यवसाय गर्दै आएका कम्पनीहरु बताउँछन् । 

अहिले सबैभन्दा धेरै बुकिङ लिएका कम्पनीहरुमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयर र सौर्य सौर्य एयरलाइन्स छन् । अन्य एयरलाइन्सले पनि जहाज संख्या र उडान संख्याका आधारमा टिकट बुकिङ लिएका छन् । 

कहाँ पुग्न कति छ भाडा ?

आन्तरिक उडानतर्फ सबैभन्दा महँगो गन्तव्य बनेको छ धनगढी । काठमाडौँ–धनगढीको हवाई भाडा १७ हजारसम्म छ । यो गन्तव्यमा अलि पछाडीको टिकट लिँदा न्यूनतम् ११ हजार रुपैयाँ पर्छ । नेपालको आन्तरिक उडानमा सबैभन्दा महँगो गन्तव्य नै काठमाडौँ–धनगढी हो ।

दोस्रो महँगो गन्तव्य सुर्खेत बनेको छ । काठमाडौँ–वीरेन्द्रनगर एकतर्फी हवाई भाडा ११ हजारदेखि १५ हजार रुपैयाँसम्म छ । 

काठमाडौँ–नेपालगन्जको भाडादर ६ हजारदेखि १४ हजार रुपैयाँसम्म पुगेको छ । काठमाडौँदेखि झापाको भद्रपूर सम्मको हवाई भाडा १२ हजार छ । काठमाडौँ–विराटनगर १० हजारसम्म पुगेको छ । 

त्यस्तै, काठमाडौँ–भैरहवा र  काठमाडौँ–राजविराजको भाडा समान ८ हजार ५ सय रुपैयाँसम्म पुगेको छ । काठमाडौँ–जनकपूरको ६ हजार, काठमाडौँ–पोखराको ६ हजार काठमाडौँ–भरतपूरको ५ हजार रुपैयाँ हवाई भाडा छ ।

काठमाडौँ–सिमराको भाडा ४५ सय छ । यो सबैभन्दा छोटो गन्तव्य हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved