पोखरा र भैरहवा एयरपोर्ट निजी क्षेत्रलाई चलाउन दिनेबारे छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 04:11:55 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको मोडालिटीबारे छलफल गरेको छ । आज पर्यटनमन्त्री सुदन किराँतीले मुख्यसचिव बैकुण्ठ अर्याल सहितलाई राखेर पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको मोडालिटीबारे छलफल गरेका हुन् । 

सरकोरवालासँगको छलफलमा मन्त्री किराँतीले यी दुइ वटै विमानस्थल अहिले अपेक्षाकृत रुपमा सञ्चालन हुन नसकिरहेको अवस्थामा अब निजी क्षेत्रलाई वा विदेशी कम्पनीलाई चलाउन दिने विषयमा कुरा राखेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले यी दुइ वटै विमानस्थल सञ्चालनका लागि कुनै व्यवसायिक योजना प्रस्तुत गर्न नसकेको भन्दै पर्यटन मन्त्रालयले निजी क्षेत्रलाई चलाउन दिने प्रक्रिया अघि बढाइसकेको छ । आजको छलफल पनि सोही विषयमा केन्द्रित रहेको बताइएको छ । 

आजको छलफलमा विदेशी पर्यटकलाई डबल हवाई टिकेट र हवाई टिकेटमा भ्याटबारे पनि कुराकानी भएको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved