उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको जहाज स्टार्ट नै भएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2023 | 12:52:59 PM मा प्रकाशित

laxmi  sunrise bank

हुम्लाको सिमकोट विमानस्थलबाट नेपालगन्जका लागि उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ । नेपाल एयरलाइन्सको ९एन–एबीयू कलसाइनको जहाजमा समस्या देखिएपछि उडान नै रोकिएको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका उड्ने तयारीमा रहेको जहाजको इन्जिन स्टार्ट नभएको हो । उनका अनुसार इन्जिन स्टार्ट गर्ने क्रममा बायाँ इन्जिन स्टार्ट नभएपछि आजको उडान रोकिएको छ । 

उनले अहिले प्राविधिक समस्याको पहिचान भइसकेको र नेपाल एयरलाइन्सको प्राविधिक टोली मर्मतको सामग्रीसहित हुम्ला गएर जहाज मर्मत गर्ने बताए । 

भोलि बिहानबाट नियमित उडान हुने विश्वास लिइएको प्रवक्ता पौडेलले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved