प्रभु बैंकमा दुई संचालक नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 10:38:27 AM मा प्रकाशित

laxmi sunrise bank

प्रभु बैंकमा दुई संचालक नियुक्त भएका छन्। बैंकको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले बैंकमा रिक्त रहेको दुई संचालक पदमा नयाँ नियुक्ति गरेको हो ।

जस अनुसार बैंकले  संस्थापक शेयरधनीको समूहबाट रिक्त रहेको संचालक पदमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ बिशालनगर बस्ने किशोर जंग कार्की (प्रतिनिधि क्लाउड मण्डप प्रा. लि.) लाई नियुक्त गरेको छ। 

त्यस्तै सर्वसाधारण समूहबाट रिक्त रहेको संचालक पदमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.१५, खुमलटार बस्ने भावना बलायरलाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved