क्यान टुक्र्याउने विधेयक संसदमा पेश गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 12:59:57 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई टुक्र्याउने विधेयक संसदमा पेश गर्न निर्देशन दिएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना गर्न बनेको विधेयक तत्काल संसदमा पेश गर्न निर्देशन दिएको हो ।

पौष ५ गते बसेको समितिको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस्तो निर्देशन दिने निर्णय गरेको हो । 

समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउने कार्ययोजना बनाएर त्यसको जानकारी समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको छ । 

बैठकले नेपालको हवाई नीति २०६३ कार्यान्वयनमा रहे पनि छुट्टै हवाई उडान सुरक्षा सम्बन्धि नीति आवश्यक देखिएको भन्दै उक्त नीतिको तर्जुमा गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved