ग्राउण्डेड भएको ४२ दिनपछि मर्मत गर्न पठाइयो नेपाल एयरलाइन्सको जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2024 | 01:22:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ग्राउण्डेड भएको ४२ दिनपछि एउटा जहाज मर्मतका लागि पठाएको छ । निगमले ९ एन–एकेएक्स कलसाइनको न्यारोबडी जहाज ग्राउण्डेड भएको ४२ दिनपछि मर्मतका लागि इजरायल पठाएको हो ।

इन्जिन बोरोस्कोप फेल भएर ग्राउण्डेड भएको जहाजमा अर्को इन्जिन जडान गर्न बिहीबार राति साढे ११ बजे इजरायल पठाइएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाज यात्रु बोकेर दुबई गएको हो । दुबईबाट आज इजरायल पुग्नेछ । 

जहाज कहिलेसम्म मर्मत भएर आइपुग्छ भन्ने कुनै टुंगो छैन । 

जहाज मर्मतको जिम्मा इजरायल एरोस्पेस इण्डस्ट्रीले लिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved