वायुसेवा निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्यो ५३ करोड ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 08:17:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले थप ५३ करोड ऋण तिरेको छ  । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये आज ५३ करोड ऋण तिरेको हो । 

दुई न्यारोबडि जहाजको २०८० पौष महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजको आंशिक गरी मिति २०८० पौष २९ गते जम्मा रु ५३,०९,५५,२८१ (अक्षरेपी त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ मात्र) रकम भुक्तानी गरेको निगमले जनाएको छ । निगमले कर्मचारी संचयकोष र नागरिक लगानीकोषलाई  एकमुष्ठ भुक्तानी गरेको हो ।

निगमको ब्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात ४ अर्व ८३ करोड ५७ लाख ३१ हजार ६८७ रुपैयाँ किस्ता रकम भुक्तानी भइसकेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved