गत वर्ष बुद्ध एयर एक्लैले बोक्यो २६ लाख यात्रु, अरु एयरलाइन्सले कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2024 | 02:10:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२३ मा आन्तरिक उडानतर्फ ४१ लाख ५० हजार ३२६ यात्रुले सेवा लिएका छन् । नेपालभित्र हुने उडानमा एक वर्षमा ४१ लाख ५० हजार ३२६ यात्रुले यात्रा गरेका हुन् ।

यीमध्ये निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सबैभन्दा धेरै यात्रुलाई सेवा दिएको छ । कुल बजारमा बुद्ध एयर एक्लैको हिस्सा ६२.१० प्रतिशत छ । अर्थात्, कुल ४१ लाख ५० हजार ३२६ यात्रुमध्ये बुद्ध एयर एक्लैले २५ लाख ७७ हजार ६१८ यात्रु बोकेको छ ।

यति एयरलाइन्सले एक वर्षमा ७ लाख १७ हजार ३० जना यात्रुलाई सेवा दिएको छ । यस्तै, श्री एयरलाइन्सले ६ लाख ५ हजार ३३८ यात्रु बोक्दा सौर्य एयरले १ लाख २२ हजार ५७१ यात्रुलाई सेवा दिएको छ । सीता एयरले एक वर्षमा २१ हजार २ यात्रुलाई सेवा दिँदा तारा एयरले १८ हजार ६७८ यात्रु बोकेको छ । 

समिट एयरले १७ हजार ६९, सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले १३ हजार २७८ र गुण एयरलाइन्सले ६ हजार ३७ यात्रुलाई सेवा दिएका छन् । 

हेलिकप्टर कम्पनीहरुले ५१ हजार ७०५ जना यात्रु ओसारपसार गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved