वायुसेवा निगमद्वारा ७७० जनालाई हवाई टिकटमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2024 | 06:30:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले सन् २०२३ मा गरिएका सामाजिक उत्तरदायित्व सम्बन्धी प्रमुख क्रियाकलापहरू सार्वजनिक गरेको छ। जस अनुसार निगमले क्यान्सर विरामी तथा उनीहरूको कुुरुवाका लागि सन् २०२३ मा ७७० जनालाई पूूर्ण तथा आशिंक रुपमा हवाई टिकटमा छुुट दिइएको जनाएको छ ।

त्यस्तै जेष्ठ नागरिक तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हवाई टिकट दरमा ५०% सहुलियत प्रदान गर्दै आएको उल्लेख गरेको छ। साथै मिति २०८० असोज २१ गते हुुम्लामा भएको दुुखद जिप दुुर्घटनामा परी गम्भीर घाइते नौ जनाको उद्दारका लागि नेपाल वायुुसेवा निगमको जहाज मिति २०८० असोज २२ गते हुुम्ला पठाइएको निगमले जनाएको छ।

 प्रधानमन्त्रीको निर्देशानुुसार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुुदन किरातीको विशेष पहल कदमीमा मिति २०८० असोज २५ गते इजरायल तथा हमासबींच भएको द्वन्द्वका कारण सिर्जित विषम् परिस्थितिका कारण अलपत्र परेका विद्यार्थीसहित २५४ जना नेपाली नागरिकहरुको उद्दार गरिएको निगमले उल्लेख गरेको छ।

यस्ता छन् निगमले गरेका नया कार्य :

-  मिति २०८०÷७÷१७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुुदन किरातीको विशेष निर्देशन र नेपाल सरकारको समन्वयमा कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दुु  भई गएको विनाशकारी भूकम्पबाट जाजरकोट र  रुकुम पश्चिमका घाइतेहरुलाई मिति २०८०÷७÷१८ गते नेपाल वायुुसेवा निगमको ढल्(ब्द्यत् कल साइनको ट्वीनअटर विमानमार्फत नेपालगञ्ज तथा काठमाडौसम्मका लागि निःशुल्क उद्दार उडान गरेको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट प्राप्त राहत सामग्री रुकुुम सम्म निशुुल्क ढुुवानी गरिएको।

-दुुर्घटनामा परी जुम्ला अस्पतालमा भेन्टिलेटरमा रहेका दीप बहादुुर रावतको उद्दारका लागि नेपाल वायुुसेवा निगमद्धारा आकस्मिक उडान गरिएको।

-मुुगुुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउन छुुटेर अलपत्र परेका चिकित्सकहरुलाई लिन मिति २६ सेप्टेम्वर, २०२३ मा नेपाल वायुुसेवा निगमको जहाज तत्काल पठाईएको।

-राष्ट्रिय साँस्कृतिक पर्वका रुपमा मनाईने महाशिवरात्रीको अवसरमा नेपाल वायुसेवा निगमद्धारा पशुुपति परिसरमा श्रद्धालुु भक्तजनहरुका लागि निशुुल्क पिउने पानी वितरण गर्ने गरिएको।

-बाढी पिडितका लागि १३–१९ अगस्ट, २०२३ सम्म नेपालगञ्ज–धनगढी–डोटी–धनगढी–नेपालगञ्ज उद्दार उडान सञ्चालन गरिएको।

 -संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुुदन किरातीको अगुुवाइमा आयोजित पशुुपति, स्वयम्भुुजस्ता विश्व सम्पदा सूूचिमा रहेका स्थानहरुको तीन महिने बृहत सरसफाई अभियानमा १० मार्च देखि ८ जुुलाई सम्म निरन्तर सरिक भएको । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved