मन्थली एयरपोर्टमा एक्सरे मेशिन जडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 05:01:52 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको मन्थली विमानस्थलबाट सगरमाथा क्षेत्र अर्थात् सोलुखुम्बुको लुक्ला जाने पर्यटकको संख्या बढेसँगै लगेज चेकजाँचका लागि एक्स–रे मेसिन राखिएको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि सिजनल रुपमा मन्थली विमानस्थल सञ्चालन हुन थालेपछि उक्त विमानस्थलमा पूर्वाधार थप्ने काम भइरहेको छ । यसै शिलशिलामा अहिले एक्स–रे मेसिन राखिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मन्थली विमानस्थलका लागि एक्स–रे मेसिन उपलब्ध गराएको हो ।

यसअघि मेसिन नहुँदा हवाईजहाजबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुहरुको झोला खोतरले प्रहरीले ‘म्यानुअल्ली’ चेकजाँच गर्ने गरेको थियो । अब मेसिन जडान भएपछि हातले झोला खोलिरहनु पर्ने झन्झट नभएको र समयको समेत बचत भएको नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत उज्ज्वल गुरागाईंले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved