चितवनको पर्साढापमा लुम्बिनी विकास बैंकको शाखा कार्यालय संचालनमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2017 | 09:40:52 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी बिकास बैंकले चितवनको पर्साढापमा शाखा संचालनमा ल्याएको छ। उक्त क्षेत्रमा बैंकिङ्ग पहुँच पुर्याउने योजना अन्तर्गत शाखा कार्यालय संचालनमा ल्याइएको बैंकले जनाएको छ।

बैंकको यो ५६ औं शाखा कार्यालय हो। यस शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले गरे। स–साना निक्षेप परिचालन तथा कृषि एवं साना ब्यवसायमा कर्जा लगानी गरी त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ शाखा संचालनमा ल्याइएको बैंकले जनाएको छ।

सो शाखाबाट एबिबिएस, मोबाइल बैंकिङ, रेमिट्यान्स, लकर लगायतका सेवाहरु पनि उपलब्ध हुने जनाइएको छ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved