गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी यस बर्षको सर्वोत्कृष्ट फाइनान्स कम्पनी बनेको छ। न्यू विजनेस एज प्रालिले संचालक गरेको “न्यू विज विजनेश कन्क्लेभ तथा अवार्ड २०१७” को विशेष कार्यक्रमबीच फाइनान्स कम्पनीलाई फर्स्ट रनर अपको पुरस्कारबाट सम्मानित गरिएको हो।
नेपाल राष्ट्र बैंकबाट 'ग ' बर्गको इजाजत प्राप्त गरी फाइनान्सले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदान पारदर्शिता, कुशल व्यवस्थापन, सेवा सुविधा पछिल्लो प्रगति विवरण तथा गुणस्तर र सुधार लगायतको आधारले गर्दा विजनेश अवार्ड प्राप्त भएको जनाइएको छ।
गत आर्थिक बर्ष फाइनान्सले २ अर्ब ४६ करोड निक्षेप संकलन गरी २ अर्ब १२ करोड कर्जा लगानी गरेको छ। फाइनान्सले गत आर्थिक बर्ष २० करोड ३१ लाख संचालन मुनाफा गरेको छ।
हाल फाइनान्सले ललितपुर,पुल्चोकमा मूख्य कार्यालय तथा चुच्चेपाटी,चावहिल, कान्तीराजपथ,हेटौडा, आदर्शनगर,विरगञ्ज, चारआली,विर्तामोड, कलैया,बारा, थानारोड,दमक तथा जीतपुरमा शाखा कार्यालयहरु मार्फत फाइनान्स सेवा प्रदान गर्दै आएको छ।
फाइनान्सले हाल कायम ४९ करोड ३५ लाख चुक्ता पुंजीको ४० प्रतिशत हकप्रद र त्यसपश्चात बोनस सेयर जारी गरी राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउने लक्ष्य लिएको छ।