आइएमईका ग्रााहकले भरोसा अस्पतालमा उपचार सेवामा छुट पाउने भएका छन् । सम्झौता अनुसार आइएमईका प्रिभिलेज कार्ड लिएका सेवाग्राहीहरूले अस्पतालको सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ ।
सम्झौतामा आइएमई लिमिटेडका ब्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ अस्पतालका प्रशासन अधिकृत सुर्य आचार्यले हस्ताक्षर गरे । सम्झौता २०७५ असोज ५ देखी २ वर्षको लागी मान्य हुनेछ ।