
महालक्ष्मी विकास बैंक आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्न केन्द्रीय कार्यालयका लागि काठमाडौं जिल्लामा अवस्थित चक्रपथसँग जोडिएको वा चक्रपथ भित्रको घर वा जग्गा खरिद गर्ने भएको छ ।
बैङ्कले ग्राहकलाई सुविधा सम्पन्न भवनबाट बैकिङ्ग सेवा प्रवाह गर्न काठमाडौंको महाराजगंज, बालुवाटार, लाजिम्पाट, नक्साल, कमलपोखरी, विशालनगर, अनामनगर, दरबारमार्ग, कान्तिपथ, पुतलीसडक, कमलादी, नागपोखरी, गैह्रिधारा, ज्ञानेश्वर, नयाँबानेश्वर लगायतका क्षेत्रमा घर वा जग्गा खरिदका निमित्त बैंकले बोलपत्र
समेत आह्रवान गरिसकेको छ ।
बैङ्कले कार्यलयको लागि जग्गा कम्तिमा २ रोपनी देखि ४
रोपनी सम्म फैलिएको र घर कम्तिमा ३०,००० वर्ग फिट क्षेत्रफल रहेको
र पर्याप्त पार्किङ्ग सुविधा भएको हुनुपर्ने जनाएको छ ।