राष्ट्रिय बाणिज्य बैंकमा एनआइडिसीलाई गाभ्ने प्रस्ताब पारित,१ नम्बरको बैंक बनाउने प्रतिबद्दता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 09, 2017 | 10:49:38 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बाणिज्य बैंकले अन्तन्त एन.आइ.डी.सी. डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। बैंकको ११ औ साधारणसभाले एन.आइ.डी.सी.  लाई प्राप्ति गर्ने प्रस्ताब पारित गरेको हो।

एनआइडिसी प्राप्ति गर्ने प्रस्ताब पारित भएसंगै एनआईडिसी राष्ट्रिय बाणिज्य बैंकमा गाभिने निश्चित भएको छ। त्यस्तै हाल आरबीबी मर्चेन्ट बैंकिङ्ग कम्पनी संचालनमा ल्याएको बैंकले लघुवित्त कम्पनी खोल्ने प्रक्रिया समेत अघि बढाएको छ।

राष्ट्रिय बाणिज्य बैंकका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र नेपालका बैंंकहरु मध्ये १ नम्बरको बैंक बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन। त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था, वित्तीय क्षेत्र कार्यक्रम यता हासिल गरेको उपलब्धि तथा भावी योजनाको बारेमा आफ्नो धारण ब्यक्त गरे। 

राष्ट्रिय बाणिज्य बैंकले हाल देशभर ६८ जिल्लामा १७४ वटा शाखा कार्यालय, १०६ वटा एटिएम, ८४ वटा शाखा रहित बैंकिङ्ग र ६७ वटा शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। द्धन्द्धकालमा गाभिएका शाखाहरुमध्ये बैंकले हाल ५४ वटा शाखा कार्यालयहरु पुर्नस्थापना गरिसकेको छ । 

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म बैंकले २ अर्व ७ करोड खुद मुनाफा आर्जन गरेको छ। त्यस्तै बैंकले यस अवधिमा १ खर्व ३५ अर्व निक्षेप संकलन गरी १ खर्व १ अर्व कर्जा प्रवाह गरेको छ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved