एनएमबि बैंक लुम्बिनी प्रदेशले गर्यो सम्पदा यात्रा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2023 | 02:20:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक)-२०२३ कार्यक्रम सप्पन्न गरेको छ । विश्व सम्पदा दिवस -२०२३ को अवसरमा  एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख नविन बिष्टको नेतृत्वमा बैंकका कर्मचारीको सहभागितामा  हेरिटेज वाक कार्यक्रम सम्पन्न  गरेको हो  ।

कार्यक्रममा सहभागीले साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु, साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागी मार्गदर्शन, अतिथीको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना लगायतका नारा अंकित प्लेकार्डहरु बोकेका थिए ।

बुटवल ट्राफिकचोक स्थित एनएमबि बैकको कार्यालयबाट  शुरु भएको सम्पदा पदयात्रा बुटवलको राममन्दिर लाइन, सङ्गमपथ, जेसीज चोक, हाटबजार, अमरपथ, ब्लड बैंक , नेपालगन्ज रोड हुदै  कालिका मन्दिर पुगेर समापन भएको थियो ।

कार्यक्रममा बोल्दै एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्टले एनएमबि बैंकले २०११ देखि सम्पदा संरक्षण सम्बन्धि सचेतना जगाउने, सम्पदा संरक्षण गर्ने र नयाँ पुस्तामा सम्पदाको महत्त्व एवं जानकारी  गराउने उदेश्यले हेरिटेज वाक कार्यक्रम गर्दै आएको र तदअनुरुप आफुहरुले यसपटक पनि  हेरिटेज वाक २०२३ कार्यक्रम गरेको जानकारी दिएका थिए । उनले  प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत सस्कृतिलाइ महत्त्व दिदै  बुटवल स्थित कालिका मन्दिर सम्म पदयात्रा गरिएको बताए ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved