सांग्रिला विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई ज्याकेट हस्तान्तण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2023 | 11:19:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मालीगाँउ, काठमाडौं स्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरेको छ । त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले उक्त ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरिएको बैकले जनाएको छ। 

सो कार्यक्रमका विच उक्त ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गरेका थिए । यस किसिमको सहयोगले ट्राफिक प्रहरीहरुलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै यस सम्वन्धि कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी ट्राफिक प्रहरी वृत , मालीगाँउका प्रहरी निरीक्षक सागर घलेले आफ्नो विचार राखे। 

सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बैंकका प्रमुख संचालन अधिकृत अपूर्व जोशीले जनाएका छन्। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved