भदौदेखि लागू हुनेगरी विकास बैंकहरुले पनि बढाए ब्याजको दर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2023 | 09:45:30 PM मा प्रकाशित

laxmi  sunrise bank

विकास बैंकहरुले ब्याजको दर बढाउने निर्णय गरेका छन्। आज बसेको डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) को कार्यसमिति बैठकले भदौ एक देखि लागू हुनेगरि ब्याजको दर बढाउने निर्णय गरेका हुन्। निर्णयअनुसार भदौदेखि विकास बैंकहरुमा व्यक्तिगत तर्फको निक्षेपको ब्याज ११.१५ प्रतिशत हुनेछ भने संस्थागततर्फको निक्षेपको ब्याज ९.१५ प्रतिशत हुनेछ। 

तर एक वर्ष वा कम अवधिको निक्षेपको ब्याजदर व्यक्तिगततर्फ ११.०५ प्रतिशत र संस्थागततर्फ ९.०५ प्रतिशत हुने भएको छ। संस्थागत र  व्यक्तिगत निक्षेपको ब्याज दर अन्तर दुई प्रतिशत हुनुपर्ने कानुनी व्यवस्था रहेको छ। 

क्षेत्रीय तथा प्रादेशिक स्तरका विकास बैंकहरुका लागि भने राष्ट्रिय स्तरको विकास बैंकको तुलनामा ०.२५ प्रतिशतले बढी ब्याजदर तोक्न पाउने सुविधा रहेको छ। त्यस्तै   बचतमा न्युनतम ६.१५ प्रतिशत कायम गरिएको छ। 

कमर्शियल बैंकहरुले भदौ एक देखि लागू हुनेगरि भोलि बढेको ब्याजदर प्रकाशित गर्ने सूचना थाहा भएपछि भएको निक्षेप बचाउनका लागि ब्याजको दर बढाउने निर्णय लिनु परेको एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। 

उनकाअनुसार केहि कमर्शियल बैंकले निक्षेपको ब्याजदर झन्डै एघार प्रतिशत पुर्याउने थाहा भएपछि विकास बैकहरुले पनि ब्याजदर बढाउनु परेको हो। बिकास बैंकहरुमा ब्याजदरमा भद्र सहमती यथावत रहेपनि कमर्शियल बैंकहरुमा असारदेखि नै यो सहमति भंग भएको छ। जस कारण कुन बैंकले कति प्रतिशत ब्याजदर पुर्याउछ्न भन्ने कुराको अनुमान सहज छैन। 

साउनमा विकास बैंकहरुमा व्यक्तिगत निक्षेपको ब्याज अधिकतम १०.१० प्रतिशत तोकिएको थियो भने सँस्थागततर्फ ८.५ प्रतिशत तय गरिएको थियो। नेपाल राष्ट्र बैंकको कानुनी व्यवस्थाअनुसार बैंक, विकास बैंक तथा फाइनान्स  कम्पनीहरुले आगामी महिनादेखि लागू हुने ब्याजको दर चालू महिनाको मसान्तसम्म प्रकाशित गरिसक्नुपर्ने हुन्छ। तर यसरी प्रकाशित ब्याजको दर चालू भन्दा १० प्रतिशतले मात्रै घटबढ गर्न पाइन्छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved