निक्षेप तथा कर्जा सुरक्षण कोष ५० औं वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2023 | 11:02:59 PM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेप तथा कर्जा सुरक्षण कोष आउँदो असोज ४ गते आफ्नो स्थापनाको ४९ औं वर्ष पूरा गरी ५० औं वर्ष प्रवेश गर्न लागेको छ । कोषले सो अवसरमा बैंकिङ्ग क्विज तथा बैंकिङ्ग अनुशासन सचेतनाको लागि वाकाथोन र फाइभके फनफन प्रतियोगि प्रतियोगिता आयोजना गर्न लागेको  जनाएको छ ।

सो प्रतियोगिताका लागि कोषले क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था लगायत अन्य सर्बसाधारणहरुको सक्रिय सहभागीताको लागि पत्राचार समेत गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

असोज २९ गते शुक्रबार आयोजना हुने बैंकिङ्ग क्विजमा नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाका कर्मचारी सहभागि हुनेछन् । सेलिब्रशन हाईट, सुकेधारामा हुने उक्त प्रतियोगिता दिउँसो २ बजे हुने कोषले जनाएको छ । 

त्यस्तै वाकाथोन र फाइभके फनफन प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा डबलीमा भाद्र ३० गते शनिवार विहान ६:३०बजे हुने कोषले जनाएको छ । सो प्रतियोगितामा कोषका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि सहभागी हुने कोषले जानकारी दिएको छ ।

क्विज  तथा Walkathon  5K Fun Run  का विजयी प्रतियोगीहरुलाई कोषले उचित पुरस्कारको व्यवस्था गरेको समेत जानकारी गराएको छ । यस सम्बन्धमा कोषको वेबसाइट www.dcgf.gov.np मार्फत थप जानकारी लिन सकिने व्यवस्था कोषले गरेको छ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved