सहुलियतपूर्ण कर्जाको ८० प्रतिशत रकम अनुत्पादक क्षेत्रमा : सिइओ श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 11:22:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सहुलियतपूर्ण कर्जाको ८० प्रतिशत रकम अनुत्पादक क्षेत्रमा लगानी भएको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताएका छन् । शनिबार राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्च्यिुटले  सयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन–२०८०’ को ‘वर्तमान आर्थिक चुनौति र उद्यमशीलताको मार्गचित्र’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सिइओ श्रेष्ठले सहुलियतपूर्ण कर्जा प्रवाह गरेपछि अनुत्पादक क्षेत्रमा ८० प्रतिशत खर्च भएको र त्यसमध्ये  ५० प्रतिशत व्युटिपार्लर लगानी भएको बताए ।

बैंकबाट कर्जा लिंदा जुन उद्देश्य र कार्यका लागि लिइएको हो त्यसमा नलगाई अन्य ठाउँमा नलगाउँदा प्रतिफल न्यून हुने गरेको उनले बताए ।  बैंकबाट व्यवसायका लागि लिइएको लोन सजावट (डेकोरेशन) धेरै मान्छे राख्नुपर्ने क्षेत्रमा लगानी हुने गरेको हुँदा त्यसले अपेक्षाकृत नतिजा दिन नसकेको उनको भनाई छ । 

सिइओ श्रेष्ठले निश्चित वर्गलाई तोकि चाँडै नै सहुलितपूर्णको कर्जा सम्बन्धि कार्यविधिलाई परिमार्जन गर्नुपर्ने धारणा राखे । 

उनले बैंकले युवा लक्षित कार्यक्रम संचालन गरेको बताउँदै युवासंग गरिएका कार्यक्रमले अपेक्षाकृत सफलता हासिल गर्न भने नसकिएको बताए । यद्यपी उद्यमशील बन्न चाहने युवामा धितो राख्ने समस्या, ब्याजदरमा लोन लिइसकेपछि त्यो लोन अनुसार उत्पादन नहुने जस्ता समस्या देखिएको धारणा राखे ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव कुमारप्रसाद दाहालले संघ, प्रदेश र स्थानीय तहमा युवा सम्बन्धि कार्यक्रम धेरै भए पनि छरिएर रहेकोले कार्यन्वयनमा समस्या रहेको बताए । युवाका सवै कार्यक्रम एकद्धार प्रणालीमार्फत कार्यक्रम सञ्चालन गरिनुपर्ने उनको भनाई छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved