अर्थसचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रुपमा सपथ ग्रहण गरेका छन् ।
उनलाई बिहीबार प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सपथ खुवाएका हुन् । अर्थसचिव राष्ट्र बैंकमा सञ्चालक समिति सदस्य रहने प्रावधान छ ।
अर्थ मन्त्रालयका नव नियुक्त सचिव कृष्णहरि पुष्करले आजै कार्यभार सम्हालेका हुन् ।