
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) को संचालक समितिको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त भएका छन् । नेप्सको भदौ १७ गते बसेको संचालक समितिको १५८ औँ बैठकले न्यौपानेलाई सर्वसम्मति संचालक समितिको अध्यक्ष चयन गरेको थियो ।
नवनियुक्त अध्यक्षले आज पद तथा गोपनियताको सपथ लिएका छन् । भुक्तानी प्रणाली विनियमावली (पहिलो संशोधन, २०८०), २०७७ को विनियम १२ बमोजिम ईजाजत प्राप्त संस्थाको संचालक समितिको अध्यक्षले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर वा विभागको कार्यकारी निर्देशक समक्ष सपथ ग्रहण गर्नुपर्ने प्रावधान अनुरुप नेप्सका नवनिर्वाचित अध्यक्ष न्यौपानेले राष्ट्र बैंकको डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना समक्ष आज असोज ५ गतेआफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरे ।
निवर्तमान अध्यक्षलाई प्रतिस्थापन गर्दै नयाँ संचालक मनोनित भएपछी केहि समयदेखि अध्यक्ष पद रिक्त रहेको थियो । न्यौपाने लामो समयदेखि नेपाली बैंकिंग क्षेत्रमा विभिन्न भुमिकाहरुमा आवद्द भएका थिए । न्यौपाने हाल माछापुच्छ्रे बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी संचालक पदमा कार्यरत छन् ।