आन्तरिक ऋण उठाउने तालिका परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 01:25:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आन्तारिक ऋण उठाउने तालिका परिमार्जन गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले तालिका परिमार्जन गरेको हो ।

परिमार्जित तालिका अनुसार पहिलो त्रैमासमा ८० अर्ब आन्तारिक ऋण उठाइने भएको छ । यसअघिको तालिकामा पहिलो त्रैमासमा ५५ अर्ब ऋण उठाउने उल्लेख थियो । परिमार्जित तालिकाअनुसार पहिलो त्रैमासमा कुल आन्तरिक ऋणको ३३.३ प्रतिशत उठाउने राष्ट्र बैंकको लक्ष्य छ । यसमा ५ अर्बको ट्रेजरी बिल र ७५ अर्बको विकास ऋणपत्र हुनेछ ।

त्यस्तै दोस्रो त्रैमासमा पनि ३० अर्ब, तेस्रो त्रैमासमा ५३ अर्ब र चौथो त्रैमासमा ७७ अर्ब आन्तरिक ऋण उठाईने उल्लेख छ ।  परिमार्जित तालिका अनुसार राष्ट्र बैंकले दोस्रो त्रैमासमा उठाउने ऋण पहिलोमा नै उठाउने देखिएको छ भने तेस्रो र चौथोको यथावत छ । 

पहिलो र दोस्रो त्रैमासमा ट्रेजरी बिल र विकास ऋणपत्र मात्र निष्काशन गर्ने राष्ट्र बैंकको तयारी छ । तेस्रो र चौथो त्रैमासमा भने नागरिक वचतपत्र र वैदेशिक रोजगार नागरिक बचतपत्र निष्काशन हुने उल्लेख छ ।

साउनदेखि नै आन्तरिक ऋण उठाउन सुरु गरेको राष्ट्र बैंकले हालसम्म झण्डै ६५ अर्ब आन्तारिक ऋण उठाइसकेको छ । 


यस्तो छ आन्तारिक ऋण निष्काशनको परिमार्जित तालिका



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved