सानिमा बैंकको बचत खातामा महिला ग्राहकहरुलाई बिषेश उपहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 08:16:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सानीमा बैंकले बचत खातामा महिला ग्राहकहरुलाई बिशेष उपहार ल्याएको छ। साउनको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई बिशेष उपहार प्रदान दिदै आएको बैंकले जनाएको छ। 

यस अन्तर्गत सानिमा बैंकको मुख्य कार्यलय नक्साल तथा देशभरीका ४५ शाखाहरुबाट महिला ग्राहकहरुलाई बिशेष उपहार प्रदान गरिएको बैंकले जानकारी दिएको छ। 

बैंकका अनुसार यो योजना साउनभरी चल्नेछ। साथै प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरि सामाजिक कार्यमा खर्च गरिनेछ। 

बैंकले ग्राहकहरुलाई बचत खातामा बार्षिक ६ देखि ८ प्रतिशत सम्मको मासिक भुक्तानी हुनेगरी उच्चतम ब्याज उपलब्ध गराउदै आएको छ । साथै, सामाजिक उत्तरदायित्व अन्र्तगत बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved