आँधिखोला लघुवित्त वित्तीय संस्थाको व्यवस्थापकीय तालिम सम्पन्न

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 08:00:42 PM मा प्रकाशित

laxmi  sunrise bank

भीरकोट नगरपालीका वार्ड नं १ बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था शाखा प्रमुखहरु लाई व्यवस्थापकीय तालिम संचालन गरेको छ । 

तालिममा वर्तमान अवस्थामा वजारमा बढ्दै गइरहेको प्रतिस्पर्धा र सदस्य दोहोरोपना, कर्जा भाखा नाघ्नुका कारण, कार्यालय ब्यबस्थापन लगायत  कर्मचारी उत्प्रेणा सम्वन्धी बिषयमा  प्रशिक्षण दिईएको थियो । 

तालिमको सहजीकरण गरिमा विकास वैंकका लघुवित्त विभागीय प्रमुख नविन प्याकुरेल , आँधिखोला लघुवित्त विीत्तय संस्थाका प्रवन्धक बाबुराम कुवँर र  नेपाल लाईफ ईन्सुरेन्स कम्पनी वालिङ शाखा प्रमुख भोज कुमार कुवँरबाट भएको थियो।  

अधिकृत कुलदेव लामिछानेद्वारा संचालित कार्यक्रमको अध्यक्षता  प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले गरेका थिए। संस्थाका संचालक समिति अध्यक्ष नरेस केसीको समेत सहभागीता थियो । साथै केन्द्रिय कार्यालय तथा शाखा कार्यालयमा कार्यरत १७ जना कर्मचारीको सकृय सहभागीता थियो। 

संस्थाले हाल ८ जिल्लामा ११ शाखा कार्यालय संचालन गरि ५,५००  भन्दा बढी सदस्य तथा १८ करोड १० लाख भन्दा बढी कर्जा लगानी गरेको छ।  संस्थामा सदस्यको निक्षेप परिचालन करिव ४ करोड रहेको छ। 

हाल १ करोड ९२ लाख चुक्ता पुँजी रहेको यस संस्थाले स्थापनाको छोटो समयमा नै उल्लेख्य प्रगति गरेको देखिन्छ । संस्थाले यस भन्दा अगाढी पनि कर्मचारी तालिम तथा सामाजिक उत्तरदायित्व वहन अन्तर्गत वृक्षा रोपण कार्यक्रम , भिरकोट नगरपालिका सँगको सहकार्यमा सरसफाई अभियान समेत संचालन गरिसकेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved