जनता बैंकको अध्यक्षमा केशबबहादुर रायमाझीको निरन्तरता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 13, 2018 | 05:43:06 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकको संचालक समितिको अध्यक्षमा केशवबहादुर रायमाझीले नै निरन्तरता पाएका छन। बैंकको ८ औं बार्षिक साधारणसभाले सर्वसम्मतले निर्वाचित गरेको ६ जना संचालक मध्ये आज पुष २९ मा बसेको बैठकले रायमाझिलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको बैंकले जनाएको छ।

यससंगै, २०७३ माघ १४ मा उदय नेपाली श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएपछि अध्यक्षको जिम्मेवारी सम्हालेका रायमाझिले दोस्रो पटक जनता बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन।  

साबिकको त्रिबेणी बिकास बैंक र सिद्दार्थ डेभलपमेन्ट बैंकबाट समान प्रतिनिधित्व हुनेगरी तीनवटै बैंकबाट सर्वसम्मतले संचालक समितिमा ६ जना निर्वाचित भएका थिए। तीनवटै बैंकका अध्यक्षले मर्जर तथा प्राप्ति पश्चात बनेको जनता बैंकको अध्यक्षमा दावा गरे पनि अन्तिममा सर्वसम्मतले रायमाझिलाई अध्यक्षमा चयन गरेको हो।    

जनता बैंकको ८ औं बार्षिक साधारणसभाबाट संचालक समितिमा संस्थापक शेयरधनिको तर्फबाट केशवबहादुर रायमाझी, लंड्ढ बहादुर के.सी.,रामबहादुर भण्डारी तथा सर्वसाधारण समुह तर्फबाट गौतमप्रसाद खनाल,विनितकुमार अग्रवाल र संजिव न्यौपाने निर्वाचित भएका थिए।    


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved