नबिल बैंकको बठयाईले राष्ट्र बैंकले चाल्यो यस्तो कदम, अब 'सर्वसाधारण' लाई झुक्याउन गाह्रो हुने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 06:31:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नबिल बैंकको बठयाईका कारण यस अघि जारि गरेको निर्देशनलाई संसोधन गरेको छ। राष्ट्र बैंकले यस अघि संस्थागत मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदरमा २ प्रतिशतसम्म थप गरी संस्थागत निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई संसोधन गरेको हो। 

नबिल बैंकले महँगो ब्याजदरमा नेपाल टेलिकमबाट पैसा उठाउन चालेको कदमलाई प्रत्यक्ष रुपमा प्रभाब पर्ने गरि राष्ट्र बैंकले यस अघिको व्यवस्थालाई संसोधन गरेको हो।

नबिल बैंकले कारबाहीबाट बच्न राष्ट्र बैंकको आँखामा छारो हाल्ने काम गरेको थियो। टेलिकमले ब्याज बढाबढमा बैंकहरुलाई पैसा लिन बोलाउँदा नबिल बैंकले १३.०२ प्रतिशत ब्याज दर कबुलेर पैसा उठाएको थियो। प्रकाशित ब्याजदर भन्दा २ प्रतिशत माथि गएर नबिलले पैसा उठाएको आरोप समेत लागेको थियो। 

तर नबिलले टेलिकमबाट महँगोमा पैसा उठाएको दिन नै अंग्रेजी भाषाको राष्ट्रिय स्तरको पत्रिका राइजिङ नेपालमा साढे ११ प्रतिशत ब्याज पुर्याएको सुचना प्रकाशित प्रकाशित गरेर राष्ट्र बैंकको आँखामा छारो हाल्ने काम गरेको थियो। नबिलको यस्तो बठयाईले उ कारबाहीबाट बचेको थियो भने राष्ट्र बैंकको व्यवस्थामा प्रश्न उठेको थियो। 

राष्ट्र बैंकको कारबाहीबाट बच्न नबिलले गर्यो यस्तो हर्कत, किन अत्तालिदैछ नबिल बैंक ?

नबिल बैंकले राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गको इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन – २०७४ मा ब्याजदर सम्बन्धी व्यवस्थामा उल्लेख गरिएको 'बोलकबोल (bid) को आधारमा संकलन हुने संस्थागत मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा २ प्रतिशतसम्म ब्याजदर थप गरी निक्षेप संकलन गर्न सकिनेछ' भन्ने व्यवस्थाको दुरुपयोग गरेको थियो। 

राष्ट्र बैंकले उक्त व्यवस्थालाई संसोधन गरि बैंक तथा वित्तीय संस्थालाई संस्थागत मुद्दति निक्षेपको ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाउने भन्ने बुँदा थप गरि नयाँ निर्देशन जारि गरेको हो।

राष्ट्र बैंकले जारि गरेको यस निर्देशनले संस्थागत निक्षेप तान्न बैकहरुबीच देखिएको अस्वस्थ प्रतिस्पर्धामा कमि आउने अपेक्षा गरिएको छ। पछिल्लो समय संस्थागत निक्षेपमा भर पर्ने करिब दश बाणिज्य बैंकहरुबीच ब्याजदर बढाउने अस्वस्थ प्रतिस्पर्धा बढेकोले अन्य बैंक तथा वित्तीय संस्था समेत प्रभावित भएको आरोप लाग्दै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved