जनता बैंक नेपाल लिमिटेडले २ नयाँ शाखा कार्यालयको स्थापना गरेको छ । बैंकले लेकसाइड, पोखरा र अत्तरीया, कैलालीमा गरी २ शाखाहरुको उद्घाटन गरेको हो । बैंकको लेकसाइडशाखा ९३औं र अत्तरीयाशाखा ९४औं हो । यि दुवै शाखाहरुबाट आजै देखि बैंकिङ्ग कारोवार सुरु भएको छ ।
लेकसाइड शाखाको उद्घाटन पोखारा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि. र बैंकका संचालक रामबहादुर भण्डारीबाट र अत्तरीया शाखाको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउद र संचालक गौतम प्रसाद खनालबाट संयुक्त रुपमा उद्घाटन भएको बनाक्ले जनाएको छ ।
जनता बैंक नेपाल लिमिटेडले पूर्व मेची देखि पश्चिम महाकाली सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९४ शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पु¥याउदै आइरहेको छ । बैंकको हाल रु. ५२ अर्ब ४४ करोड निक्षेप र रु. ४९अर्ब २४ करोड कर्जा कारोवार रहेको छ । बैंकले आ.ब. २०७३÷७४ को मुनाफाबाट १४.४ प्रतिशत बोनस शेयर वितरण गरे सगै चुक्तापुँजी रु. ८ अर्ब ७ लाख पुगेको छ ।