सिभिल बैंक र एभरेस्ट इन्स्योरेन्सबिच निर्जीवन विमा सम्बन्धी सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेष्ट इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले एभरेष्ट इन्योरेंसको निर्जीवन विमा बिना कुनै झन्झट प्राप्त गर्नेछन। बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । बैंकले यसअघि मेटलाइफ र एलआईसी नेपाल संग सम्झौता गरी जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको जनाएको छ।