‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता आइतवारदेखि शुरु भएको छ । आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा प्रतियोगिता सुरु भएको हो ।
आधारभूत तहबाटै टेनिस खेलको अभ्यासमा सहयोग पुगोस् भन्ने मुख्य उद्देश्यका साथ प्रतियोगिता सुरु भएको हो ।
आइतबारको प्रतियोगितात्मक खेलमा आठ वर्ष मूनिको समूहबाट सम्राज्ञी लामा, सिभाली गुरुङ्, असोभ हाडा र आद्रित नेपाल फाइनलमा प्रवेश गरेका छन् । अन्य समूहका लागि प्रतियोगितात्मक खेल काठमाडौंस्थित नाउलिङ्ग स्पोर्टस भिल्ला र मण्डीखाटार टेनिस क्लबमा जारी रहेको छ ।