जनता बैंक नेपाल लिमिटेडले १ नयाँ शाखा र ६ शाखा रहित बैंकिङ्ग बाट कारोवार सुरु गरेको छ ।
जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. ५, बाँकेको बानियभार, कैलालीको चिसापानी र स्याउलेबजार तथा कञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखा रहित बैंकिङ्ग कारोवार सुरु गरेको हो ।
हालसम्म बैंकले ११९ शाखा ४७ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।