मेगा बैंकको १०० औं शाखा सिन्धुपाल्चोकमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 17, 2018 | 11:48:05 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपालले स्थापनाको आठौँ बर्षमा १०० वटा शाखा बिस्तार गरेको छ। बैंकले सिन्धुपाल्चोकको थाङपाल गाउपालिकाको पाँचपोखरी वडा नं ६ को टारमा नयाँ शाखा विस्तार गर्दै शाखा संख्या १०० पुर्याएको हो। 

ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा अब मेगाले रफ्तार लिने प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन। बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधाहरु सहित बैंकलाई नयाँ ढंगले अघि बढाउने बताइन। 

 ‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको बैंकले टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभेर एकीकृत कारोबार समेत थालिसकेको छ। 

बैकले १०० शाखा, १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट संजाल र ७४ वटा एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले शाखा विस्तारलाई तीव्रता दिइरहेको बैंकले जनाएको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved