नयाँ मोडलमा एनआईसीको वित्तीय विवरण, १४९ करोड कमाई हुँदा लाभांश क्षमता कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 31, 2018 | 10:02:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले गत आर्थिक बर्षमा १ अर्ब ४९ करोड ६६ लाख खुद मुनाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। एनआईसीको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ८ करोडले बढी हो।  

बैंकले १ अर्ब ४९ करोड खुद मुनाफा गरेपनि उसले सेयरधनिहरुलाई ८२ करोड ८६ लाख रुपैयाँ बराबरको लाभांश बाड्न सक्ने देखिन्छ। यस अवधिमा बैंकको कार १२.६३ प्रतिशत रहेकाले उसलाई थप पुंजी चाहिने अवस्था छ। त्यसैले बैंकले बोनस र नगद गरि मिश्रित लाभांश दिन सक्ने देखिन्छ। 

गत आर्थिक बर्ष बैंकले १ खर्ब ५१ अर्ब निक्षेप संकलन गरि १ खर्ब २१ अर्ब कर्जा लगानी गएको छ। बैंकले १३ अर्ब २९ करोड मात्रै ब्याजबाट आम्दानि गरेको छ भने उसको ब्याज खर्च ९ अर्ब ३३ करोड छ। जसबाट बैंकलाई ३ अर्ब ९६ करोड खुद ब्याज आम्दानि भएको छ।       

शाखा विस्तार र कारोबारमा आक्रामक देखिएको बैंकले निक्षेप संकलन र कर्जा लगानीमा उल्लेख्य प्रगति गरेको छ। कर्जा लगानीमा आक्रामक देखिंदा समेत बैंकको खराब कर्जा अनुपात ०.३६ प्रतिशतबाट ०.०६ प्रतिशतमा झरेको छ। यसलाई बैंकको अर्को उपलब्धि मान्न सकिन्छ। 

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७४.१२ प्रतिशत छ। जसले गर्दा बैंकले थप कर्जा बिस्तार गर्ने क्षमता राख्छ। त्यस्तै बैंकको कोष लागत बढेर ७.६७ प्रतिशत पुगेको छ। ब्याज अन्तर (स्प्रेड रेट) ४.२७ बाट ५.१० प्रतिशतमा बढेको छ भने आधार ब्याजदर घटेर ११.२६ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले चालु आर्थिक बर्षको अन्त्यसम्म स्प्रेड रेट ४.५० प्रतिशतमा झार्नुपर्ने हुन्छ। 

१५ प्रतिशत हकप्रद र २० प्रतिशत बोनस वितरण गरि चुक्ता पुंजी ८ अर्ब २८ करोड पुर्याएको एनआईसीको यस अवधिमा प्रति सेयर आम्दानि १८ रुपैयाँ ९४ पैसा छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved