एनआईसी एशिया बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतामा बैंकको तर्फबाट कामु कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार एनआइसी एसियाले आफ्नो केन्द्रीय कार्यालय सहित २३३ वटै शाखाबाट रिलायबल लाइफको वीमा पोलिसी बिक्रि गर्नेछ। एनआईसी एशियाले हाल २३३ शाखा, २२२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र १५ शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।