ज्योति विकास बैंक लि. ले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । विर्तामोड बजारस्थित उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी र बैंकका संचालक धुव्र कोईरालाले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीले सरकारको सम्पूर्ण नेपालीको बैंक खाता हुनुपर्ने नितिलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले सर्वसाधारणमा बैंकिङ्ग पहुँच पु¥याउने उदेश्यले दिएको निर्देशन पालना गर्दै विर्तामोडमा खुलेको बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए ।
बैंकका संचालक कोईरालाले बैंकले विपन्न परिवारका लागि लघु कर्जा देखि ठुला औद्मोगिक कर्जा दिन सक्षम रहेको दाबी गरे ।
हाल बैंकले ६० शाखा, २० वटा एटिएम मार्फत सेवा प्रदान गदैृ आएको छ ।