‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा गरिमा विकास बैंक र कैलाश विकास बैंकबीच सम्झौता भएको छ । सम्झौतामा गरिमाको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र कैलाशको तर्फबाट सहायक महाप्रबन्धक सुर्य प्रसाद तिवारीले हस्ताक्षर गरे ।
सम्झौता पश्चात कैलाश बैंकका सञ्चालित ६३ वटा शाखाबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने भएको छ ।