अनलाईनबाटै जनता बैंकको खाता खोल्न सकिने

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 27, 2018 | 04:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपालले अनलाइनबाट खाताखोल्ने सुविधा संचालनमा ल्याएको छ । बैंकको बेभ साइटमा लग अन गरी जुनसुकै स्थानबाट बैंकका सबै शाखामा खाताखोल्न सकिने छ । 

यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिने छ । अनलाइनबाट खाता खोले पश्चात ग्राहकको खाता नं. र आवश्यक जानकारी ब्यक्तिगत इमेलमा पठाइने बैंकले जनाएको । यसरी खोलिएको खाताबाट पनि तुरुन्तै कारोबार संचालन हुनेछ । 

चेक लिन र खाताबाट रकम ट्रान्सफर गर्न एक पटक भने ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved