आईएमई पे एनसी एचएल आईपीएस सिस्टम (NCHL-IPS System) र कनेक्ट आईपीएस ई पेमेन्ट सिस्टम (connectIPS e-Payment System) मा आवद्द भएको छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यी २ सिस्टममा आईएमई पे इनडाईरेक्ट मेम्बरको रुपमा आवद्द बह्येको हो । उक्त आवद्दता सम्बन्धि सम्झौतामा क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र अईएमई डिजिटल सलुसनका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डि. श्रेष्ठले हस्ताक्षर गरेका हुन।
सम्झौता संगै यस प्रणालीमा आवद्ध भएको कुनै बैंक तथा वित्तीय संस्थामा खाता भएका ग्राहकहरुले आङ्खनो बैंक खाताबाट सिधै आईएमई पे मोबाइल वालेटमा सजिलै फण्ड लोड गर्न सक्ने छन् । साथै मोबाइल वालेटबाट बैंक खातामा फण्ड ट्रँन्स˚र गर्ने सुविधँ समेत उपलब्द्घ गरिने भएको छ ।
कनेक्ट आईपीएस प्रणालीमा हाल सम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरिसकेका र ३२ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।