सिटिजन्स बैंक Citizens Bank International Limited ले वुमन एक्ट नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाखको चेक संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
भुकम्प प्रभावित क्षेत्रका महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनका निम्ति उक्त रकम प्रयोग गरिने अधिकारीले बताएकि छिन।
बैंकले ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।